'हामी यस्तै त हो नी ब्रो गीत'का गायक भिटेन प्रहरी हिरासतमुक्त

'हामी यस्तै त हो नी ब्रो गीत'का गायक भिटेन प्रहरी हिरासतमुक्त

काठमाडौं: र्‍यापर तथा गायक समीर घिसिङ उर्फ भिटेन प्रहरी हिरासतमुक्त भएका छन्। बाबुको जमानतमा भिटेन रिहा भएका हुन्।

गीतमा अश्लील शब्द प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए। बिहीबार पक्राउ परेका उनलाई प्रहरीले सात दिन थुनामा राख्न अदालतबाट अनुमति समेत लिएको थियो।

पक्राउलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी समेत भएको थियो।