आज काठमाडौं उपत्यकामा कति थपिए नयाँ संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए नयाँ संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९६५, भक्तपुरका ७५ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ उपत्यकामा देखिएका संक्रमित मुलुकभर देखिएका संक्रमितको ५८ प्रतिशतभन्दा बढी हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै निधन हुनेको संख्या १ हजार २७६ पुगेको छ।