पोखरामा थप तीन जना कोरोना संक्रमितको निधन

पोखरामा थप तीन जना कोरोना संक्रमितको निधन

काठमाडौं । कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकरएकजनाको ज्यान गएको हो ।

शर्माका अनुसार गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । ती वृद्धामा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बिहान मृत्यु भएको छ । उनमा कार्तिक २८ मा कोरोना देखिएको थियो । उनी निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित भएको अस्पतालले जनाएको छ ।

यस्तै फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार उनमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोग पनि देखिएको थियो ।