ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाल बजारमा सुन मूल्य  लगातार ओरोलो लागेको छ। कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। 

खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ।

आज नेपाली बजारमा सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ।