सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँमा कायम छ । अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।