आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । उपत्यकामा आइतबार थप ८०७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना कोरोना संक्रमित थपिएका छन्। महिला ३५२ र पुरुष ४५५ छन्।

काठमाडौं जिल्लामा १५ हजार २३७ सक्रिय संक्रमित छन्। ६२ हजार २४१ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७८ हजार २७७ छन्। होम आइसोलेसनमा ११ हजार ३२८ संक्रमित उपचाररत छन्। २९९ जना संक्रमितको मृत्यु भइसकेको छ।

भक्तपुरमा सक्रिय संक्रमित एक हजार २५२ छन्। पाँच हजार ७५८ कोरोना संक्रमणबाट मुक्त भएका, ७६ संक्रमितको मृत्यु र कुल संक्रमित सात हजार ८६ रहेका छन्। होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या एक हजार २८ पुगेको छ।

त्यसैगरी, ललितपुरमा दुई हजार ३१५ सक्रिय संक्रमित छन्। आठ हजार ८९६ कोरोना संक्रमणबाट मुक्त भएका छन्। कुल संक्रमित ११ हजार २९५ पुगेको छ। होम आइसोलेसनमा एक हजार ९५९ छन्। ८४ संक्रमितले ज्यान गुमाएका छन्‌।