आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ९७३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको मन्त्रालयले बताएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २३४९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।