आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं  । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला एक सयले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन मंगलबार एकैदिन ३४ सयले घटेर  ९४ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।