जिउँदा चल्ला र अण्डा नष्ट गर्ने नेपाल ह्याचरी संघकाे अभियान जारी

जिउँदा चल्ला र अण्डा नष्ट गर्ने नेपाल ह्याचरी संघकाे अभियान  जारी

काठमाण्डौ : नेपाल ह्याचरी उद्योग संघको आह्वानमा अहिले ब्रोइलर र कोइलर जातको कुखुराको ६० लाख जिउँदा चल्ला मार्ने अभियान देशभर चलिरहेको छ ।

उत्पादनले बजार नपाएको भन्दै मंसिर २८ बाट संघले यो अभियान सुरु गरेको हो । कतै सहमतिमै त कतै जबरजस्ती संघका मानिसहरुले ह्याचरीबाट जिउँदै चल्ला खाल्डोमा पुरिएका छन् भने कतै चल्ला उत्पादनका लागि तयार सिञ्चित अण्डा नष्ट गरिएका छन् । साठ्ठी लाख चल्ला उत्पादन रोक्दा ह्याचरी व्यवसायीलाई तत्काल ३३ करोड हाराहारी नोक्सान पुग्ने अनुमान गरीएको छ ।यता पशुअधिकारकर्मीहरुले यस्तो कार्यको विरोध गरेका छन् ।

नेपाल ह्याचरी उद्योग संघ नेपालभर चल्ला उत्पादन गर्ने २८० हाराहारी उत्पादकहरुको छाता संगठन हो । चल्ला उत्पादन र वितरणका लागि व्यवसायीहरुबीच आवश्यक सहयोगदेखि सरकारसँग सौदाबाजी र बजार नियन्त्रणका लागि संघले यस्तो काम गरेको हो। अहिलेसम्म कति चल्ला र अन्डा नष्ट गरिए भन्ने विवरण पनि संघले सार्बजानिक गरेको छैन । यो अभियान पुस ८ सम्म जारी रहने बताइएको छ ।