अस्ट्रेलियाम । एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लिज फुटबल लिगको दोस्रो संस्करण सुरू भएको छ। एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लिज फुटबल लिग आइतबारबाट सुरू भएको हो।
यो लिगलाई पश्चिम आस्ट्रेलियामा रहेका नेपाली खेल प्रेमीले फुटबलको माहाकुम्भको रुपमा लिने गरेका छन । पश्चिम अस्ट्रेलियामा रहेका स्थानीय फुटबल क्लबहरू यस प्रतियोगितामा भिड़ने छन । जस्मा ६ वटा नेपाली र दुईवटा भुटानी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताको प्रथम हुने समूहले ट्रफी प्रमाणपत्र सहित २५ सय अस्ट्रेलियन डलर र दोस्रो हुने समूहले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्रदान गरिने यस खेलका मुख्य प्रायोजक एक्सपर्ट एजूकेसन पर्थका प्रमुख दीपेन्द्र चौधरीले बताए।
यस प्रतियोगितामा सनराइज फुटबल ग्रुप, नेप्लिज युनाइटेड एफसी, गोर्खा ब्वाइज एफसी ए ,गोर्खा ब्वाइज एफसी बी ,,नमस्ते एफसी,भाषा पाठशाला एफसी,जाचुन युनाइटेड एफसी, थिम्पु सिटी पर्थ एफसी छन्।
खेलको मार्फ़तबाट नेपाली नेपालीबीचमा भाईचाराको सम्बन्ध बिकास गर्न यस प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक सुबास श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, छ भने सहायक प्रायोजकमा अस्ट्रेलियन टेक्निकल कलेज रहेको छ ।