३ जना बच्चा अपहरण गरी फिरौती मागेको आरोपमा दुई

३ जना बच्चा अपहरण गरी फिरौती मागेको आरोपमा दुई

काठमाडौं : काठमाण्डौमा प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा बुधबार साँझ दुई जनालाई पक्राउ गरेको छ । गत मंसिर २९ गते आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा अपहरण गरी टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं ४०४ मा बन्धक बनाएर राखीएको थियो ।

अपहरणकारीले बालबालीकालाई बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गरेका थिए । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेका हो महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। अपहरणकारीको नाम भने गोप्य राखीएको छ ।