पिफाइजर कम्पनीले बनाएको कोभिड भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण रोक्ने दाबी

पिफाइजर कम्पनीले बनाएको कोभिड भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण रोक्ने दाबी

काठमाडौं । कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने देखिएको छ । सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु पिफाइजर र बायो एनटेकले निर्माण गरेका हुन् । 

कम्पनीले भ्याक्सिनमा प्राप्त पछिल्लो उपलब्धि विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको जनाएका छन् । उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजारभन्दा बढी मानिसहरुमा परीक्षण गरिएको थियो ।

यसैबीच ती कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएका छन् ।