आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये ६ सय २५ महिला र ८ सय ८७ जना पुरुष छन्। अहिले काठमाडौंमा १५ हजार ४५५ , भक्तपुरमा एक हजार २ सय १६ र ललितपुरमा २ हजार १ सय ९१ सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ भने १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ।