काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीवार छापावाल सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रवार तेजाबी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार यस्तो सुन प्रति तोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।