वकिल र प्रहरीको संयुक्त सम्मेलन शुक्रबारदेखी शुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

वकिल र प्रहरीको संयुक्त सम्मेलन शुक्रबारदेखी शुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं : सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ।‘ व्यावसायिक चरित्र, पारदर्शी व्यवहार, निष्पक्ष, अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने मुल नाराका साथ हुन लागेको दोस्रो राष्ट्रिय सम्मेलनको दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो। शुक्रबारउद्घाटन कार्यक्रम मात्रै हुने र शनिबारदेखि समूहगत छलफल अघि बढ्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए। सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतगरी ६ सय भन्दा धेरै सहभागी हुनेछन्।

सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच सहकार्य बढाउन र सरकारवादी मुद्दामा वस्तुनिष्ट र बैज्ञानिक अनुसन्धान गरी बलियो प्रमाण संकलनका लागि सम्मेलन फलदायी हुने विश्वास लिइएको छ। उक्त सम्मेलन आइतबार सकिनेछ।