आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडाैं । काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये ६ सय १ महिला र ७ सय ९८ जना पुरुष छन्। अहिले काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा एक हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ सक्रिय संक्रमितहरू छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७  पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या  ३६ हजार ५१४ छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३४ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ४८ हजार ४०८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ५२ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १३ हजार ६८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १५ लाख ७ हजार १९० पीसीआर परीक्षण गरिएको मन्त्रालयले तथ्यांकमा जनाएको छ।