आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८  जना संक्रमित थपिएका छन् ।

आज नेपालभर थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख  ४४ हजार ९७८ पुगेको मन्त्रालयले जनाएको छ।  

देशभर बुधबार थप ३० जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।