आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ। चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो। 

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।