उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

काठमाडौँः नेपाली कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ। बुधबारको पदाधिकारी बैठकले उम्मेदवार छनोट गरेको हो। कास्कीमा प्रतिनिधिसभाका लागि तथा भक्तपुर, दाङ र बागलुङमा प्रदेशसभा सदस्यका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कास्की २ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउने टुंगो भएको छ। धनराज गुरुङको चर्चा भए पनि उनले अन्तिम समयमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए।

यस्तै, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ (क) मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ। यस्तै, बागलुङ २ (ख) मा जीत शेरचन र दाङ ३ (ख) मा केशव आचार्यलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो।