पति मृत्युको ५ मिनेटमै पत्नीको पनि मृत्यु

पति मृत्युको ५ मिनेटमै पत्नीको पनि मृत्यु

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा एउटा वृद्ध दम्पतीको एकै समयमा मृत्यु भएको छ । पतिको मृत्यु भएको ५ मिनेटको अन्तरमा नै पत्नीको मृत्यु भएको छ । धनुषाको शहीद नगरनगरपालिका–१ कुम्भकर्णका ९१ वर्षीय राम खेलावन यादवको सोमवार बिहान मृत्यु भएको ५ मिनेटमै उनका पत्नी ८८ वर्षीया सुमिन्द्रादेवी यादवको समेत मृत्यु भएको छ ।

मृतक यादवका भतिजा भरत यादवका अनुसार सोमवार बिहान ७ः४५ बजे राम खेलावनको मृत्यु भएको थियो, त्यसको ५ मिनेटपछि ७ः५० बजे उनकी पत्नी सुमिन्द्रा देवीको पनि मृत्यु भएको छ । 

बिहान उठेर दिसापिसाब गरेर काका खाटमा बसेर चिया पिएपछि खाटमा बस्दाबस्दै खाटमै ढलेका यादवको प्राण गयो । उनी ढलेको हल्ला भएपछि के भयो भन्दै खाटमा पुग्दा पत्निी पनि ढलेर सँगसँगै ५ मिनेटको अन्तरालमा दुवैको मृत्यु भएको बताइएको छ ।

मृतक दम्पतीका १ जना छोरा उपेन्द्र यादव र ४ छोरी छन् । दुवै जनाको मृत्यु एकसाथ भएपछि गाउँका स्थानीय आश्चर्यचकित भएका छन् ।