अवैध यौनजन्य कार्यमा संलग्न होटल सञ्चालकसहित दुई महिला पक्राउ

अवैध यौनजन्य कार्यमा संलग्न होटल सञ्चालकसहित दुई महिला पक्राउ

सिरहा । अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो ।

बाहिरबाट होटलमा महिलालाई बोलाएर अवैध यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलबाट होटल सञ्चालक साह तथा दुई महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

होटलमा ग्राहक आएपछि होटल सञ्चालक साहले यौनकर्मीलाई फोन सम्पर्क गरी बोलाएर ग्राहकसँग अवैध यौनजन्य कार्य गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राईले बताए ।