हिमाली जिल्ला डोल्पा तीन दिनदेखि संचारविहीन

हिमाली जिल्ला डोल्पा तीन दिनदेखि संचारविहीन

डोल्पा :हिमाली तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ। गत मंगलबार दिउँसोदेखि गएको मोबाइल नेटवर्क अझैसम्म नआएपछि सिंगो डोल्पा जिल्ला नै तीन दिनदेखि सञ्चारबिहिन भएको हो।

जिल्ला सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोनसेवा सुचारु नभएकाले फोन तथा ईन्टरनेट सेवा ठप्प भएको छ। मंगलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, एडिएसएल इन्टरनेट सेवालगायतको कुनै पनि सञ्चार सेवा छैन्।

अबरुद्ध टावर सुचारु गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए। जुम्ला(डोल्पा र जुम्ला(कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ।