विदेशमा ४३ हजार पाँच सय नेपालीमा कोरोना संक्रमण, २८४ जनाको निधन

विदेशमा ४३ हजार पाँच सय नेपालीमा कोरोना संक्रमण, २८४ जनाको निधन

काठमाडाैं । हालसम्म विश्वका विभिन्न ४२ देशमा रहेका ४३ हजार पाँच सय ६९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ ।  ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत गैरआवासिय नेपालीमा कोरोना निको भइसकेको गैरआवासिय नेपाली संघ जनाएको छ । 

अहिलेसम्म १९ देशमा कोरोना संक्रमणबाट २ सय ८४ जना गैरआवासिय नेपालीको निधन भएको संघले जनाएको छ । यो पछिल्लो साता ९ सय ६३ जना गैरआवासिय नेपालीमा कोरोना संक्रमण भएको जनाइएको छ । जसमध्ये ४ सय ५० जना नेपाली रोमानियमा रहेकाहरु हुन् । 

संघका अनुसार यस साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, क्यानडा, वेलायतमा रहेका गैरआवासिय नेपालीमा कोरोना संक्रमण संक्रमण भएको हो ।