आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ । 
 
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९५ रहेको महासंघले जनाएको छ ।  यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार १८० मै कारोबार भएको थियो ।