आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । 
 
आज चाँदीको मूल्य भने स्थीर रहेको छ । चाँदी प्रतितोला १ हजार १८० मै कारोबार भैरहेको  महासंघले जनाएको छ ।