रुसमा बढ्दै कोरोना संक्रमण, एकैदिन झण्डै १८ हजार सङ्क्रमित

रुसमा बढ्दै कोरोना संक्रमण, एकैदिन झण्डै १८ हजार सङ्क्रमित

सांकेतिक तस्वीर

मस्को । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । 

रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए । 

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो ।

रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।