दुःखका बिच प्रवासमा मनाईयो दशैं

दुःखका बिच प्रवासमा मनाईयो दशैं

अस्ट्रेलिया । सर्वेक्षण अनुसार चार लाख भन्दा बढिको संख्यामा हिन्दु धर्मालम्बी बसोबास गर्दै आएको अस्ट्रेलियाका विभिन्न राज्यहरूमा हिन्दुहरुकै महान पर्व दशैं  खुशीका साथ मनाइयो । तर यो पटक भने अरु बर्ष भन्दा केही फरक भने पक्कै भएको देखियो । 

कोरोनाको महामारीले गर्दा धेरैको दसशैं खल्लो भयो, बिशेषगरि अध्यनको सिलसिलामा परिवारबाट टाढा अस्ट्रेलियामा रहेका विद्यार्थीले आफ्नो परिवार र दशैंलाई धेरैनै सम्झिए ।     

गएका वर्षहरुमा अस्ट्रेलियामा भएका संघ संस्थाहरुले दशैंलाई छेको बनाएर बिभिन्न सांकृतिक र सामुहिक टिका कार्यक्रमहरु आयोजना गर्दै नेपालीहरुमा भेटघाट र भाईचारा बढाउने काम गर्ने गथ्र्यो । तर यसपाली कोरानोको कारणले त्यस्ता कार्यक्रमहरु भएनन्। 

त्यहि भएर कतिले महामारीको अन्त्यको कामना गर्दै आफ्नो घरभित्रै मनाए भने कतिले आफन्त सम्झिदै अनलाइनमै दशैं कटाए ।