हालसम्म ११ हजार बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

हालसम्म ११ हजार बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । कोरोनाको महामारी नियन्त्रणमा लागि पहिलो घेरामा खटिएका ११ हजार भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस सक्रमण देखिएको छ । बुधबारसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी प्रहरी छन् । प्रहरीमा ६ हजार १४ जनालाई संक्रमण भएको छ । तिमध्ये ४ हजार ७ सय ८३ जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये ४ सय २३ जना प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । उपत्यकामा २ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । सेनामा हालसम्म ४ हजार १ सय ६ जनालाई संक्रमण भएको छ । तिमध्ये दुई हजार ५ सय १२ जना निको भएका छन् ।

कोरोना संक्रमणकै कारण सेनाका २ जनाको मृत्यु भएको छ । यस्तै सशस्त्र प्रहरी बलका १ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये १ हजार ३ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।