आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैंपछि नेपालको सुनचाँदी बजार खुलेको छ। बजार खुलेसँगै सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।