बारामा प्रहरी र तस्करबीचको झडपमा हवाई फायर हुँदा एक बालकसहित तीन प्रहरी घाइते

बारामा प्रहरी र तस्करबीचको झडपमा हवाई फायर हुँदा एक बालकसहित तीन प्रहरी घाइते

बारा । बारामा प्रहरी तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते भएका छन्। सुवर्णपुर गाउँपालिकामा बुधबार साँझ ७ बजेतिर भएको झडपमा  प्रहरी १२ राउन्ड हवाइफायरसमेत गरेको थियो ।

सोक्रममा १४ वर्षीय रन्जन यादव घाइते भएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ। तस्करीको सामान नियन्त्रणमा लिँदा स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।

सोक्रममा १२ राउन्ड हवाईफायर भएको र एक जना सईसहित तीन प्रहरी घाइते भएको उनले बताए । उनीहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ। तस्करहरूले बाइकमा प्याज ल्याएका थिए ।