रवि लामिछाने र पत्नी निकितालाई कोरोना संक्रमण

रवि लामिछाने र पत्नी निकितालाई कोरोना संक्रमण

काठमाडौं । संचारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण भएको छ ।उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । रविले लेखेका छन्, ‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं । धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’