कोरोनाबारे मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै

कोरोनाबारे मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै

काठमाडौं । सरकारले कोरोना भाइरसको मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो। 'अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरानह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ', गौतमले भने, 'दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिउको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।'

देशभर बुधबार १९ सय ५४ जना संक्रमित भएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।