हुम्लामा संकलन गरेको स्वाब सुर्खेत पठाइयो

हुम्लामा संकलन गरेको स्वाब सुर्खेत पठाइयो

सिमकोट । जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परीक्षणका लागी स्वाब संकलन गरेको छ ।

कात्तिक २ गते स्वाब संकलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ । 

पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधवार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।

हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।