आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।  

हाल उपत्यकाभित्र २० हजार ५८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १६ हजार ९ सय ५८, ललितपुरमा २ हजार ४ सय ३४ र भक्तपुरमा १ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन् ।  

आज देशभर आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । जसमध्ये ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित हुन् । १ लाख १८ हजार ८ सय ४३ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

आज ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।