दाङमा ट्रयाक्टरको ठक्करबाट स्कुल जाँदै गर्दा एक छात्राको मृत्यु,एक जना घाईते

दाङमा ट्रयाक्टरको ठक्करबाट  स्कुल जाँदै गर्दा एक छात्राको मृत्यु,एक जना घाईते

दाङ : दाङको तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा स्कुल जाँदै गरेकी छात्राको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।

बिहीबार बिहान साढे ९ बजे सल्यानबाट तुलसीपुर बजारतर्फ जादै गरेको रा १ त १४३५ नम्बरको ट्रयाक्टरले स्कुल गइरहेका छात्राहरूलाई तुलसीपुर ५ गोदामघरनजिकै ठक्कर दिदा अर्की एक छात्रा घाइते भएकी हुन्।

मृत्यु हुनेमा तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर ७ शिवनगरकी १३ वर्षीया बालिका विजिता केसी रहेकी छिन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। घाइते १४ वर्षीया मनिषा ओलीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।