त्रिविले माग्यो पिएचडी गरेका पाँच प्राध्यापक र २६ सहप्राध्यापक

त्रिविले माग्यो पिएचडी गरेका पाँच प्राध्यापक र २६ सहप्राध्यापक

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको छ।

त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो। यसअन्तर्गत त्रिविले फरेष्ट्री, सिभिल इन्जिनियरिङ, अंग्रेजी शिक्षा, व्यावस्थापन र अंग्रेजी विषयका लागि एक–एक प्राध्यापक माग गरेको छ।

यसैगरी २३ वटा विषयका लागि २६ जना सह–प्रध्यापक माग गरिएको छ। सह–प्राध्यापक पदमा व्यवस्थापन विषयका लागि खुल्लातर्फ दुई र महिला कोटातर्फ एक गरी तीन जना र प्राणीशास्त्र विषयका लागि खुल्लातर्फ र महिला कोटातर्फ एकरएक गरी दुई जना मागिएको छ।

त्यस्तै वनस्पतिशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, वायोटेक्नोलोजी, भूगर्भशास्त्र, जलवायु विज्ञान, कम्प्युटरविज्ञान, माइक्रोवायोलोजी, तथ्याङ्कशास्त्र, वातावरण विज्ञान, फरेष्ट्र, माउन्टेन इन्भारोमेन्ट एण्ड डेभलपमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, स्वास्थ्य शिक्षा, आईसिटिइ, अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध वियषका लागि एक९एक सह९प्रध्यापक मागिएको छ।

सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारीधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ। योग्य व्यक्तिलाई माघ १५ गतेसम्म दस्तुर तिरेर त्रिवि सेवा आयोगको वेवसाइटमा अंकित अनलाईन एप्लिकेसन वा सिधै दरखास्त भर्न आह्वान गरिएको छ। प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ आवेदन दस्तुर तिर्नु पर्नेछ। माग १३ देखि माघ १५ गते सम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त भर्न सकिने बताइएको छ।