आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ ।