गोदावरी नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने

गोदावरी नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । आजदेखि नगरपालिकाले नगरबासीहरुको निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो । कोरोनाको लक्षण देखिए आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

नगरवासीहरुलाई कोरोना भाइरसको लक्षण देखिएमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम भइरहेको पनि उनले जानकारी दिए ।