उदयपुरमा जीप दुर्घटना : तीन जनाको मृत्य, पाँच जना घाईते

उदयपुरमा जीप दुर्घटना : तीन जनाको मृत्य, पाँच जना घाईते

उदयपुर : उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ भने ५ जना घाईते भएका छन्। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा आज बिहान करीब ७ ३० बजे भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुरघट्ना हुदाँ उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको घट्ना स्थलमा नै ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए।

दुरघटनामा परी तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको छ। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेको र घट्ना सम्बन्धी अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।