क्यान्सर लागेका प्रहरी हवल्दारको कोरोनाले लियो ज्यान

क्यान्सर लागेका प्रहरी हवल्दारको कोरोनाले लियो ज्यान

चितवन । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको  चितवन मेडीकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ