मोरङमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतीको एकैदिन मृत्यु

मोरङमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतीको एकैदिन मृत्यु

मोरङ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-४ को एक दम्पतीको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा मृत्यु भएको छ । दुबैजनाको अस्पतालमै मृत्यु भएको हो । 

श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले बताएका छन् ।