कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

काठमाडौं । सुनको भाउ आज पनि घटबढ भएको छैन । अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।