रूकुममा वडाध्यक्षको मिलेमतोमा अधिकृतमाथी कुटपीट

रूकुममा वडाध्यक्षको मिलेमतोमा अधिकृतमाथी कुटपीट


रुकुम : रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ । कुटपिटको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको दाबी गरे । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको उनको भनाइ छ । ‘बसेरा–खदी सडकको बजेटमा महालेखाले २९ लाख बेरुजु देखाएपछि उनले मिलाउन भनेका थिए । केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि वडाध्यक्षलाई पक्राउ गरिएको र संलग्न अन्यको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।