कति छ आज सुनचाँदीको मूल्य कति ?

कति छ आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज  सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार २ सय रुपैयाँ नै कायम भएको छ । 

त्यसैगरी, सोमबार चाँदीको भाउ पनि यथावत रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।