यी क्रुर महिला, जसले आफ्नै तीन सन्तानको हत्या गरिन्

यी क्रुर महिला, जसले आफ्नै तीन सन्तानको हत्या गरिन्

अष्ट्रिया । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् ।  ३१ वर्षीय एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको अन्तर्राष्टिङय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ति महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरे पछि आत्महत्याको प्रयास गरेकी थिइन्।  प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताइएको छ। 

हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षीया चन्द्रा भट्टराई अर्याल हुन्। गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो। स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक समस्या थियो। 

उनीहरुको बीचको झगडाको बारेमा स्थानीय प्रहरी समेत जानकार थियो। प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटरको दुरी भन्दा नजिक आउन नपाउने गरि प्रतिवन्ध लगाएको थियो।  उनकी छोरीहरु गैरआवासीय नेपाली संघ लगायतका सामाजिक संघसँस्थाहरुको सांस्कृतिक कार्यक्रममा समेत सकृय सहभागी हुँदै आएका थिए।  

शनिबार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पुष्टि गरेका छन्। दूतावासका अनुसार प्रहरी निरन्तर दूतावासको सम्पर्कमा रहेर अनुसन्धान अघि बढाएको छ।