बैंकर अनिल शाहलाई कोरोना संक्रमण

बैंकर अनिल शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । बैंकर शाहले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

शनिबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि गन्ध हराएपछि परिक्षण गरेर आइसोलेसनमा बसेको तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो,’ शाहले लेखेका छन् ।

रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए । हाल उनी होम आइसोलेसनमा रहेका छन् ।