आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।  आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आइतबार पनि चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।