कोरोना रिपोर्ट पोजेटिभ आएको सुनेपछि बेहोस भएका संक्रमितको ३ घन्टाभित्र मृत्यु

कोरोना रिपोर्ट पोजेटिभ आएको सुनेपछि बेहोस भएका संक्रमितको ३ घन्टाभित्र मृत्यु

काठमाडौं । काठमाडौंका एक संक्रमितको कोरोना रिपोर्ट पोजेटिभ आएको सुनेपछि बेहोस भएर निधन भएको छ ।  ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको रिपोर्ट सुने तगत्तै बेहोश भएर ३ घन्टाभित्र मृत्यु भएको हो । 

सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् ।

काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दीर्घरोग नरहेको बुहारी निशा बताउँछिन् । कोरोनाको सामान्य लक्षण भए पनि गम्भीर अवस्था नभएको उनको भनाइ छ ।