आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडाैं । साताको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैंयाले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य तोलामा ४ सय रुपैंयाले बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलाको १२ सयमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।