सुनको मूल्य आज स्थिर

सुनको मूल्य आज स्थिर

काठमाडाैं । सुनको मूल्य आज घटबढ भएको छैन । सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ नै थियो । सुनको भाउ स्थिर रहे पनि चाँदी भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको १२ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।